तिमि भन्छौ भने मायाको खानी बनिदिउँला
राजा बन्नु मेरो दिलको रानी बनिदिउँला
आगो आगो भयो भने जीवन चल्दैन अरे
आगो तिमि भयौ भने पानी बनिदिउँला
सधैँभरि जीवनमा हासिबाच्न नसकिएला
तिमि सङ्गै रुन आँखाको नानी बनिदिउँला
सकेसम्म तिम्रो जीवनमा जुन बनेर उदाउने छु
नसके नि उदास रातमा बिहानी बनिदिउँला
तिमी भन्छौ भने माया को खानी बनिदिउँला
राजा बन्नु मेरो दिलको रानी बनिदिउँला
welcome to the blogger's world
ReplyDelete