Thursday, October 26, 2017

गजल

तिमि भन्छौ  भने मायाको खानी  बनिदिउँला

राजा बन्नु मेरो दिलको रानी बनिदिउँला


 आगो आगो भयो भने जीवन चल्दैन अरे

आगो तिमि भयौ भने पानी बनिदिउँला


 सधैँभरि जीवनमा हासिबाच्न नसकिएला

 तिमि सङ्गै रुन आँखाको नानी बनिदिउँला


 सकेसम्म तिम्रो जीवनमा जुन बनेर उदाउने छु

  नसके नि उदास रातमा बिहानी बनिदिउँला


 तिमी भन्छौ  भने माया को खानी बनिदिउँला

 राजा बन्नु मेरो दिलको रानी बनिदिउँला

1 comment: